Khabar Out
राजतन्त्र कहिल्यै आउँदैन, आन्दोलन गर्नु बेकार हो : सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरूले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।

जनकपुरधामस्थित विमानस्थलमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने,“राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।”  

subisu
Nepal Today

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्टीको सहमतिअनुसार कार्य गरिरहेको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए । 

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी  निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update