Khabar Out
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा सरावतजहानबीच भेटवार्ता भएको छ।

बुधबार महासङ्घ सचिवालय टेकुमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । 

subisu
Nepal Today

त्यस अवसरमा महासङ्घका अध्यक्ष ढकालले चालु आवको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिका रूपमा प्राथमिकता दिएको बताए । उनले भने, “हामीले बजेटलाई सकारात्मक रूपमा लिएका छौँ । बजेटले छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदार भए सम्भव छ ।” 

अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासङ्घले सरकारसँग पैरवी गर्दै आइरहेको धारणा राखे ।

डा सरावतजहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षालगायत नेपालको समग्र अर्थतन्त्रका बारेमा जानकारी लिएका थिए। साथै उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबिचको सहकार्य तथा आइएमएफले सरकारसँग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update