Khabar Out
सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचत सुरक्षण गरिने

काठमाडौं । संघीय संसदमा आगामी आर्थिक वर्षको २०८२–८३ बजेट प्रस्तुत भइरहेको छ । प्रस्तुत वजेटमा कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ ।

सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले विउ पुँजी राख्ने भएको छ । साथै, सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवस्था बजेटले गरेको छ ।

समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप अपचलन तथा सञ्चालकको सम्पति बिक्री गरेर फिर्ता गर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update