पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा काठमाडौं महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नाम सोज हगङ्जबेगुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्य चौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो । रासस
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय