Khabar Out
राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गरेको हो । यसअघि गभर्नर सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।। लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रा.डा. पौडेलले राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा काम गर्ने छन ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update