Khabar Out
नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ । पछिल्लो छ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो ।

आज तीन सय नौ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा रु आठ ५० करोड ९२ लाख २१ हजार ३१२ दशमलव ६१ को कारोबार भएको छ । आज एक सय कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घटेको छभने एउटा स्थिर अवस्थामा छ ।

subisu

आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड नौ दशमलव ९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड नौ दशमलव ५३, नेपाल पुनर्बिमा कम्पनी आठ दशमलव ४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात ३२ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ७१ प्रतिशतले घटेको छ । साथै सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको रु ७० करोड ३७ लाखको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update