Khabar Out
कृषि विकास बैंकमा सेवाग्राहीलाई सास्ती नै सास्ती

काठमाडौं । कृषि विकास बैंकको केन्द्रिय कार्यलय प्रागंनमा रहेको कर्पोरेट शाखाबाट उपभोक्ताहरुले सास्ती भोग्नु परेको समाचार प्राप्त भएको छ । अदालतको पिडित राहत कोष अन्तर्गतको रकम बुझने कृषि विकास बैंकले अदालती रकम बुझाउन आउने सेवाग्राहीहरुलाई सास्ती दिएको बुझिन आएको छ । 

गत आइतबार सिंंहदरबार रामशाहपथ स्थित रहेको कृषि विकास बैंकको कर्पोरेट शाखामा ४ः३० वजे अदालती शुल्क बुझाउन पुगेका नविन चौधरीलाई काउन्टरबाटै दुरव्यहार गरी फर्काइको पाइएको छ । 

बैंकमा रहेका गार्डले दुरव्यवहार गरेको र सो विषयमा कर्पोरेट शाखामा प्रबन्धक राजेन्द्र राना भट्टलाई जानकारी सहित अदालती दस्तुर नतिरे भोलि बुद्ध जयन्तीको विदा रहेकोले बृद्ध नागरिक जेल जाने हुदा रकम बुझिदिन अनुरोध गर्दा प्रबन्धक भट्टले क्यास काउन्टरका इन्चार्ज नवराज बराललाई नै भन्नु भन्दै पठाएको तर इन्चार्ज बरालले कुरै नसुनी सेकेरियुटी गार्ड लगाएर दुरव्यवहार गरी निकालिएको सेवाग्राही चौधरीले बताए । बैंक बन्द भइसकेको भए बैंकको गेटबाटै प्रवेश पाउने थिएन तर काउन्टर भित्र प्रवेश गरिसकेको अवस्थामा कारोबार बन्द भइसकेको भन्दै दुरव्यवहार गरी निकालिएको चौधरीले बताए । 

पहाडिया भएको भए सायद समस्या बुझ्थे होला तर आफु मधेसी भएकै कारण बैंकका प्रबन्धक र इन्चार्जले समस्या नबुझेको चौधरीको दुखेसो छ । सो शाखाबाट हरेक दिन चौधरी जस्ता कयौंले हैरानी भोग्नु परेको वताइन्छ । 

यसै विषयमा कर्पोरेट शाखाका प्रबन्धक राजेन्द्र राना भट्टलाई सम्पर्क गर्दा मोबाईल उठ्न सकेन ।

कार्तिक १५ देखि माघ १५ र शुक्रबार बाहेकका दिनमा अधिकांस बैंक पाँच बजेसम्म क्यास काउन्टर खुल्ला रहने र अझ केन्द्रिय कार्यालयमा अतिरिक्त सन्ध्याकालिन काउन्टरसमेत खुल्ला गरिने भएपनि कृषि विकास बैंकको हकमा ४ः३० मै बन्द गरिने गरेको पाएको छ । 

'साझा समृद्धिको लागि सबैको रोजाईको बैंक' देखि 'सम्पूर्ण बैंकिङ सुविधा सहित तपाई हाम्रो घर आगनको बैंक' जस्ता नारा दिएको कृषि विकास बैंकले सेवाग्राहीलाई भने सेवा नभई सास्ती दिने गरेको पाएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update