Khabar Out
चितवनमा रेबिज लागेर एकजनाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार (वैशाख २५) उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो । उनी उपचारनिम्ति बुधबार (वैशाख २४) अस्पताल भर्ना भएका थिए । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update