संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ भने उता राष्ट्रियसभाको बैठक भने सवा १२ बजे बस्नेछ ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२र०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ । राष्ट्रियसभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल गरेर सुझाव दिइसक्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय