Khabar Out
विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति
subisu

बैतडी । विद्युत् सर्ट भएर बैतडीमा आज बिहान एक घरमा आगलागी भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

आज बिहान ८ः ३० बजेतिर विद्युत् सर्ट भएर भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका भएका छन् ।   प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update