मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
बा ५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईंको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा सख्त घाइते भएका बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय