Khabar Out
डोटीमा सवारी दुर्घटना परी तीनजनाको मृत्यु

दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update