हत्याको आरोपमा एक जना पक्राउ
पाल्पा । पाल्पामा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–६ सिसुवा खहरेमा हत्याको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका हुन् ।
सिसुवाका ४५ वर्षीय नन्दलाल बजगाईंको ढुङ्गा प्रहार गरी हत्या गरिएको आरोपमा प्रहरीले फरार रहेका लम्तरीलाई आज पक्राउ गरेको हो । उनले आइतबार साँझ बजगाईंको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा लम्तरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई रैनादेवी छहरा गाउँपालिका–४ छहराबजारबाट आज पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३ ०९:२७
प्रतिक्रिया दिनुहोस्







