सहायक रथी खत्री उपरथी दर्जामा बढुवा
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । खत्री सहायक रथीबाट उपरथी दर्जामा बढुवा भएका हुन् ।
जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३ १५:५८
प्रतिक्रिया दिनुहोस्







