प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात रु १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर पुगेको छ । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३ १४:२८
प्रतिक्रिया दिनुहोस्







