Khabar Out
निरन्तर वर्षा र हिमपातले हुम्लाको जनजीवन प्रभावित, फोन र इन्टरनेट सेवा ठप्प

हुम्ला। निरन्तरको वर्षा एवं हिमपातका कारण हुम्लाको जनजीवन निकै प्रभावित भएको छ।

जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ।

अग्ला डाँडाहरूमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले घाम नलागेका कारण काम नगरेपछि सञ्चार सेवा ठप्प भएको हो। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी सम्भावित क्षतिको विवरण सङ्कलन गर्न ठूलो कठिनाइ भएको छ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनहरूमा क्षति पुग्नुका साथै सडक यातायात अवरुद्ध भएको छ। निरन्तर वर्षासँगै सदरमुकाम सिमकोट लगायतका उच्च क्षेत्रहरूमा हिमपातसमेत भइरहेको छ। बाक्लो हिमपातका कारण उत्तरी चीनसँग जोड्ने प्रमुख हिल्सा नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update