मोटरसाइकलको ठक्करबाट टोखामा पैदलयात्रुको मृत्यु
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । मोटरसाइकलको ठक्कर दिदा टोखामा एक पैदलयात्रुको मृत्यु भएको छ ।
टोखा नगरपालिका मिलनटोलस्थित बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी लामाको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:०३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    