नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा आफूलाई नियुक्त गर्नुभएको प्राडा नवराज कट्टेलले राससलाई जानकारी दिए । आफूहरू नियुक्तिपत्र लिएर दाङ फर्कन लागेको उनले बताए ।
उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा यसअघि नै नियुक्त भइसकेका छन् । नियुक्त तीनैजना पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन भएका हुन् ।
सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीन जनाको नाम सिफारिस गरेको थियो ।
रासस
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ १५:२१
प्रतिक्रिया दिनुहोस्






