Khabar Out
भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन् ।

तीन दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका हुन् ।

मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखेका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन् ।

विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ ।

ललितपुरको भैंसेपाटीका विक्रम सुवेदीले मेलामा पैसाअनुसारका सवारीसाधन रहेको बताए । ७३घढस१६(१७ लाखदेखि ३ करोडभन्दा बढी मूल्यका चार पाङ्ग्रे सवारी साधन प्रदर्शनीमा राखिएका रहेछन्,७३घढस उनले भने, ७३घढसजत्रो गोजी छ, त्यस्तै कार चढ्न पाउनु पनि राम्रो कुरा हो ।७३घढस दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ ।

नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरुले बताएका छन् ।

अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको
वारेन्टीरग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् ।

कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।

मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update