Khabar Out
नाइमा अटो एक्सपोमा ग्लोबल आइएमई बैंकको विशेष अटो कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमा विशेष अटो कर्जा योजना सार्वजनिक गर्दै ग्राहकलाई आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ । एक्सपोमा राखिएको बैंकको स्टलबाटै ग्राहकले कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार आवश्यक कागजात पूरा गरेपछि गाडी खरिदका लागि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र प्रदान गरिनेछ । आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेको छ ।

हाल ग्लोबल आइएमई बैंकले देशभर ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा तथा अन्य सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै विभिन्न देशबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update