Khabar Out
भीम रावलको पत्रकार सम्मेलन : ओलीलाई प्रश्नैप्रश्नको वर्षा 

काठमाडौं । नेकपा एमालेले पार्टीबाट निस्कासन गरेको एक साता पछि पूर्वउपाध्यक्ष डा.भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन गरेर आफुलाई मनपरीतन्त्रबाट हटाउने प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई प्रश्नैप्रश्न तेर्साएका छन ।  

करिब दुइ घण्टा लामो पत्रकार सम्मेलनमा ओलीको आलोचनामा केन्द्रित थियो । एमालेको १० औं महाधिवेशनदेखि दुई–दुई पटक संसद विगठनसगै जनतालाई बारम्बार धोका दिएको टिप्पनी रावलले गरेका थिए । घर घरमा ग्यासको पाएपदेखि एक वर्षमा तुइन विस्तापित गर्ने, पानी जहाज, रेल लगायतको आश्वासन दिई जनतालाई भ्रमितपारी शासन गरिरहेको पत्रकार सम्मेलनमा रावलले बताए। 

subisu

आफ्नो पाँच दशकको राजनीतिलाई ओलीले ध्वस्त पार्न खोजेको रावलको आरोप छ । स्पष्टिकरणको नाममा पत्र काटेर महाधिवेशनको बदला लिएको पनि रावलको गुनासो थियो ।  

पार्टी विधि र विधान बमोजिम चल्नुपर्ने अडान राख्दा आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले स्वच्छाचारी,निरंकुश र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानको आवश्यक्ता रहेकोले चाडै नै वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update