Khabar Out
खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरीको खोलामा पौडी खेल्ने क्रममा डुबेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा साउन ९ गते साँझ ५:०२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिएका छन्।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update