Khabar Out
बागलुङमा घरको पर्खाल भत्कँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्कँदा एक बालकको मृत्यु भएको छ । आइतबार साँझ ढोरपाटन नगरपालिका–२, सलामकोटमा घरको पर्खाल भत्कँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए । पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका उनको भनाइ छ ।

उनले भने, “घर अलि अप्ठ्यारो ठाउँमा रै’छ । पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पिँढीको मुख्य पर्खाल नै भत्किएपछि खेल्दै गरेको बालक पुरिएछन् । आफन्तले उद्धार गरेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको रहेछ ।” रासस

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update