राप्तीमा बेपत्ता एक जनाको शव फेला
बाँके । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आइतबार फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो। सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले उनको खोजी गरिरहेको छ।
शनिबार पौडी खेल्न गएका दुवै जना घर नफर्केपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए। दुवै बालबालिका शनिबार दिउँसो ४ बजे घरबाट निस्किएका थिए। उनीहरू डुबेको घटनाबारे भैँसी गोठालाले शनिबार राति परिवारका सदस्यहरुलाई जानकारी दिएका थिए।
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ २२:२७
प्रतिक्रिया दिनुहोस्







