Khabar Out
सवारी दुर्घटनामा युवतीको मृत्यु

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा बुधबार विद्युतीय गाडीले स्कुटलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक २४ वर्षीया मीनकुमारी श्रेष्ठको मृत्यु भएको हो।

उक्त वाहन र त्यसका चालक कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update