जीप दुर्घटनामा ८ जना घाइते
रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘जीप’ दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । शुक्रबार साँझ दाङको तुलसीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, असार १३, २०८३ ०९:०३
प्रतिक्रिया दिनुहोस्







