Khabar Out
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो ।

प्रहरीको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार समीक्षा अवधिमा जिल्लाभर कूल १७४ वटा सडक दुर्घटना भएका छन् । जसमध्य १५४ वटा दुर्घटना चालककै चरम लापर्वाहीका कारण भएको देखिएको छ । यसको तुलनामा सडकको दूरावस्थाका कारण पाँच वटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन वटा मात्रै दुर्घटना भएका छन् । यसबाहेक यात्रुको गल्तीका कारण आठ वटा, छाडा चौपायाको कारण एउटा र तीन वटा अन्य कारण सवारी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । 

यस अवधिमा भएका सवारी दुर्घटनाहरूमा परी आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएको प्रहरीले जनाएको छ । सडक सुरक्षालाई मध्यनजर गर्दै झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरेको सवारी जाँच अभियानअन्तर्गत नियमविपरीत चलेका दुई हजार ७३३ वटा सवारीसाधनलाई कारबाही गर्दा रु २८ लाख ३३ हजार ९१ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update