Khabar Out
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

सुर्खेत । सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ ।

‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

डोल्पामा निर्माणाधीन जगदुल्ला–ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update