Khabar Out
बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ स्कुलको गुडिरहेको बसले ठक्कर दिँदा सोही विद्यालयमा अध्ययनरत चार वर्षीय बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड़काले बोर्डिङ स्कुलको को१ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत आरोग्य चिमरियालाई ठक्कर दिएको हो ।

विद्यालयको बिदापछि बसबाट विद्यार्थी ओराल्ने क्रममा बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड़काले जानकारी दिए । घटना लगत्तै प्रहरीले बस र चालक गौरादहका ५७ वर्षीय लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update