Khabar Out
रुखबाट लडेर बाजुरामा एक वृद्धको मृत्यु

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार, सोही गाउँपालिका–६, बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update