आगोमा जलेर उदयपुरमा २ जनाको मृत्यु
काठमाडौं । उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा रहेको दुई घरमा मंगलबार बिहान आगलागी भएको हो ।
मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३ ०९:२८
प्रतिक्रिया दिनुहोस्







