Khabar Out
छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

 

कैलाली । भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भई हाल सो गणमा कार्यरत २७ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिन्सिनाले जानकारी दिए । 

उनका अनुसार मृतक चौधरी सरसफाइ गर्ने क्रममा भान्साको माथिल्लो तलाबाट खसेर बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update