Khabar Out
ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्व वडा अध्यक्षको मृत्यु

भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकीराखेको ट्रलीमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।

घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको चन्दले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update