Khabar Out
ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

जुम्ला ।  तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update