लागुऔषधसहित सात जना पक्राउ
झापा । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो । लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा सो घरबाट तीन जना पक्राउ परेका छन् । यसैगरी, भद्रपुर बसपार्कबाट चार जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको छ । रासस
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १६:३०
प्रतिक्रिया दिनुहोस्





