Khabar Out
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ९७ वर्षको उमेरमा उनको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पछिल्लो समय स्वास्थ्य समस्या देखिएपछि मोहनप्रसाद ओली उपचाररत थिए । 

पारिवारिक स्रोतका अनुसार आजै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update