Khabar Out
बूढानीलकण्ठमा एक पुरुष मृतावस्थामा फेला

काठमाडौँ  । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् ।

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, “बूढानीलकण्ठ–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार उनी मृतावस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।” रासस

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update