Khabar Out
यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (फागुन २३)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । 
            
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९६ रुपैयाँ २३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ । 
        
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६८ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८० रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ०५ पैसा रहेको छ  । 

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update