Khabar Out
नवलपरासीमा ६४.५१ प्रतिशत मतदान

नवलपरासी । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ।

निर्वाचनमा जिल्लाभरका मतदान केन्द्रमा मतदाताहरूको उत्साहपूर्वक सहभागीताले ६४.५१ प्रतिशत मतदान भएको नवलपरासीका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिए।

पश्चिम नवलपरासीमा चार जना अन्यसहित कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना स्थलमा लैजाने काम भइरहेको जनाइएको छ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतपेटिका मतगणना स्थलमा आइपुगेपछि चाँडै मतगणना पनि सुरू गर्ने निर्वाचन कार्यालयले जनाएको छ। रासस

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update