Khabar Out
डडेल्धुरामा शान्तिपूर्ण मतदान, ४५ हजार ९०९ मत खस्यो

डडेल्धुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जिल्लाभरि ४९.०८ प्रतिशत मत खसेकोे छ । जसमा २५ हजार ३ सय १३ र पुरुष २० हजार ५ सय ९६ गरी जम्मा ४५ हजार ९ सय ९ मत खसेको कोइरालाले बताए ।

मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र कतै पनि ठूलो अवरोध नभएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । मतपेटीका सङ्कलन भइरहेको उनको भनाइ छ ।

जिल्लाभरिका मतदान केन्द्रबाट मतपेटिका शुक्रबारसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि मतगणना सुरु गरिने तयारी गरिएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको र मतगणनास्थल पनि तयार अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।

डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता छन । मतदानका लागि जिल्लाभर १०४ मतदान स्थल र १४१ मतदान केन्द्र तोकिएका थिए । साथै एउटा अस्थायी मतदान केन्द्र पनि व्यवस्था गरिएको थियो । निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय परिचालन गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update