श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा मतदान
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरेका छन्।
धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उनी सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँ एक लाख ५० हजार ३९३ मतदाता छन् । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १३:३५
प्रतिक्रिया दिनुहोस्





