काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी
काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरु उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए । प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौँका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १३:३२
प्रतिक्रिया दिनुहोस्





