Khabar Out
विकास र जनविश्वासका प्रतीक टेक बहादुर गुरुङ पुनः चुनावी मैदानमा

मनाङ । मनाङ जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका नेता टेक बहादुर गुरुङ पुनः निर्वाचनको मैदानमा उत्रिएका छन्। जिल्लामा जलविद्युत आयोजना भित्र्याउन र सडक सञ्जाल विस्तार गरी यातायातको पहुँच पुर्‍याउन गुरुङको महत्पूर्ण हात रहेको छ । दुर्गम हिमाली जिल्ला मनाङलाई राष्ट्रिय मूलधारसँग जोड्ने प्रयासमा उनको पहललाई यहाँका बासिन्दाले विकासको आधारस्तम्भका रूपमा लिएका छन् ।

श्रम मन्त्रीको जिम्मेवारी सम्हाल्दा गुरुङले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्थालाई कार्यान्वयनमा ल्याउन पहल गरेका थिए । यस व्यवस्थाले हजारौं श्रमिकलाई आर्थिक भार कम गर्न सहयोग पुगेको भन्दै सरोकारवालाहरूले प्रशंसा गरेका छन् । श्रमिक अधिकारको संरक्षण र सुरक्षित वैदेशिक रोजगारीका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन् ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधार विकासमा पनि उनले जोड दिदै आएका छन् । दुर्गम क्षेत्रमा स्वास्थ्य चौकी स्तरोन्नति, विद्यालय पूर्वाधार सुधार तथा पर्यटन प्रवर्द्धनका कार्यक्रममार्फत स्थानीय रोजगारी सिर्जना गर्न पहल गरेको बताइन्छ । मनाङको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा पनि उनको योगदान रहेको स्थानियहरु बताउँछन्।

मनाङबाट निरन्तर चुनाव जित्दै आएका गुरुङप्रति स्थानीयवासीको विश्वास कायम रहँदै आएको छ । विकास, पारदर्शिता र जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै आएका कारण आफू पुनः जनमतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

आगामी निर्वाचनमा उनले दिगो विकास, युवाका लागि रोजगारी, पर्यटन विस्तार र पूर्वाधार सुदृढीकरणलाई मुख्य एजेण्डा बनाएका छन् । “मनाङको समृद्धि नै मेरो लक्ष्य हो,” उनले हालै आयोजित चुनावी कार्यक्रममा बताएका छन् । 

मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले उम्मेवारी फिर्ता लिइसकेका छन । उम्मेवावारी फिर्ता लिएसगै अब कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । 

फागुन २१ गते हुने मतदाताको निर्णयले मनाङको आगामी राजनीतिक र विकास यात्राको दिशा तय गर्नेछ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update