Khabar Out
देशभर कांग्रेसप्रति सकारात्मक माहोेल बनिरहेको छ :  महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताएका छन्। धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मंगलबार उनले देशभर कांग्रेसको पक्षमा सकारात्मक माहोल बनिरहेको बताएका हुन् । 

महामन्त्री पौडेलले देश विकासका लागि ‘भिजन १०’ का साथ अघि बढेकाले पार्टीका उम्मेदवारका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गरे । “देशैभर सकारात्मक माहोल बनिरहेको छ, यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बन्छ”, उनले भने ।

कार्यकर्ता र आमनागरिकको अपेक्षाअनुसार कांग्रेस नीतिगत र देश बदल्ने योजनामा समेत प्रष्ट भएको उल्लेख गर्दै महामन्त्री पौडेलले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र शुभेच्छुक सबै लाग्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update