पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न चितवन प्रशासनको निर्देशन
शुक्रबार, साउन २३, २०८२
राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
शुक्रबार, साउन २३, २०८२
राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ ।
पहिरोले धरानमा एक घरमा क्षति, १२ घर उच्च जोखिममा
शुक्रबार, साउन २३, २०८२
धरान (सुनसरी) । तीन दिनदेखिको अविरल वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् ।
राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्याएको छ । 'राति ठूलो आवाज...



