टिपरको ठक्करबाट एकजनाको मृत्यु, बनेपा तनावग्रस्त
काठमाडौं । काभ्रेपलाञ्चोक बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बुधबार बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।
साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बनेपाको अवस्था तनावग्रस्त बनेको छ।
प्रदर्शनका कारण सवारी आवगमन अवरुद्ध भएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्





