Khabar Out
महिलाको शंकास्पद मृत्यु अपडेट : मादक पदार्थ सेवन गरी हत्या

मुस्ताङ । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका- ५ स्थायी घर भई मुस्ताङको घरपझोङ- २ मार्फास्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो । सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update