बाख्रा चराउन जंगल गएका रोकायाको ढुंगाले लागेर मृत्यु
सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१०, लमाराका नरबहादुर रोकायको ढुंगाले लागेर मृत्यु भएको छ ।
बाख्रा चराउन जंगल गएका रोकाय भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएका थिए । उनको उपचारका क्रममा आइतबार नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
स्थानीय बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्याइए पनि ज्यान बचाउन नसकिएको बताए । रासस
प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२ १०:४४
प्रतिक्रिया दिनुहोस्





