Khabar Out
चितवन सडक दुर्घटनामा एकको मृत्यु, चार घाइते

चितवन । चितवनको गीतानगरमा बिहीबार बिहान सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालका अनुसार, बा प्र ०३–००१ ह २३८८ नम्बरको अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

गीतानगरबाट भरतपुरतर्फ आइरहेको उक्त अटोरिक्सालाई बा प्र ०१–०२९ च १४१७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो । घाइते सबैको उपचार सोही मेडिकल कलेजमा भइरहेको छ । रासस

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update