Khabar Out
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

सुरुङ्गा । अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए । रासस

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update